Thursday, February 26, 2009

दोहोरी गीत गाउने होइन त अमेरिकि गायिका आनासँग




विश्व मानचित्रमा नेपाल सानो देश भएतापनि प्राकृतिक र साँस्कृतिक सम्पदाले धनी छ । विदेशीहरु पर्यटकको रुपमा घुम्न मात्र नभई नेपालको जातिय परम्परा, धार्मिक, भाषिक, साँस्कृतिक तथा अन्य विषयमा जान्न, अनुभव बटुल्न र खोजपूर्ण अनुसन्धान गर्न निकै इच्छुक देखिन्छन्‌ । विभिन्न देशका नागरिकहरुले विभिन्न विषयमा खोजपूर्ण अनुसन्धान गरी विद्यावारिधी गर्दै जाने क्रममा एक जना अमेरिकी नागरिक आना स्टार (Anna Marie Stirr) ले पनि आफ्नै देशको कोलम्विया युनिभर्सिटीबाट नेपाली लोक दोहोरी संगीत सम्बन्धी छिट्टै विद्यावारिधी गर्दै छिन् ।
विद्यावारिधीको उनले नेपाललाई रोज्न पुगिन्‌ । र उनीले नेपाली लोक दोहोरी गीत, लय-भाकाहरु संकलन गर्दै जाने क्रममा नेपालमा थुप्रै साँस्कृतिक कार्यक्रमहरुमा स्टेजमा गाउदा गाउदै हिड्ने क्रममा आफूलाई विदेशी लोक दोहोरी कलाकारको रुपमा स्थापित गराई सकेकि छिन् । तेजिलो दिमागकी प्रतिभाशाली आनाको तेस्रो भाषा साहित्यमा गीतको माध्यमबाटै त्यस व्यक्तिको भावना बुझी तत्कालै उत्तर दिने कलाको क्षमतालाई मान्नै पर्छ । उनको यो क्षमताले तेस्रो भाषा सिकेर पढ्न लेख्न कुनै ठूलो कुरा रहेन छ भन्ने प्रमाणित गरी दिएको छ ।आमा गेयल र बुबा रीकको तीन छोरीहरु मध्ये जेठी आना मार्च ११-१९८० मा टेक्सेस यु.एस.ए. मा जन्मिएकी हुन्‌। यिनकी माइली वहिनीले मास्‍टर्स गर्दैछिन्‌ भने कान्छी वहिनीको विवाह भई सकेको छ। त्यसो त, विद्यावारिधी गर्न त्यति सजिलो भएन छैन। आनाको नेपाल बसाइ अब ४ महिना मात्र बाँकी छ। तर आनालाई विद्यार्थी जीवनको कठिन यात्रालाई नेपालको भूमिमा रहेर आफ्नो अगाडिको चुनौतिहरु छिचोल्दै नेपाली संगीतका लोक गीत, लय, भाका, साहित्यसँग जुद्धदै, नेपाली लोक दोहोरी कलाकारहरुसँग भला कुसारी गर्दै जाँदा यो यात्राले समय कटेको पत्तै भएन रे !फुर्सदको मौका छोपी आनासँग हाम्रा सहयोगी पूर्ण थापा मगर 'सुगा'ले नेपाल मगर संघ केन्द्रिय कार्यालय, काठमाडौंमा गरेको कुराकानी यहाँ प्रस्तुत छ:युएस नेपाल अनलाइन: नेपाल आउनु भएको कति भयो?
आना स्टार: आउने जाने गर्दा ७ वर्ष जति भयो ।युएस नेपाल अनलाइन:किन आउनु भएको हो नी?आना स्टार: नेपाली लोक दोहोरीमा विद्यावारिधी गर्नको लागि नेपाल आएकी हुँ ।



युएस नेपाल अनलाइन: नेपालीहरुले तपाईलाई विदेशी लोक दोहोरी गायिका भनेर चिन्दा आफ्नो देशमा चाँही के भनेर चिन्दछन्‌ त?आना स्टार: म अहिले पढ्दै छु त्यसैले विद्यार्थीको रुपमा मात्र चिन्दछन्‌ ।
युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी गीत गाउन थाल्नु भएको चाहि कति वर्ष भयो?
आना स्टार: विद्यावारिधी गर्नको लागि नेपाली लोक लय, भाका साथै गीतको अनुसन्धान गरेको डेढ वर्ष बढि भयो । पहिलो चोटी २०६३ मा लमजुङ गौडा गा.वि.स.मा लोकदोहोरी गाएको थिएँ । त्यतिखेर भने मलाई राम्रोसँग दोहोरी गीत गाउन आएन । तर पनि गाउँलेले हौषला गरेर सिकाए।युएस नेपाल अनलाइन: तपाई नेपाली राम्रोसँग बोल्न सक्नु हुन्छ र नेपाली लोक साहित्य पनि राम्रोसँग बुझ्नुहुन्छ । नेपाली अक्षर लेख्न, पढ्न आउँछ त?
आना स्टार: आउन त आउँछ तर यहाँको नेपाली मातृभाषा बोल्नेहरु जस्तो राम्रोसँग आउँदैन । अनि यहाँको नेपाली साहित्य वोल्दा जति सजिलो हुन्छ पढ्न, लेख्न त्यति आउँदैन तर साधारण लेख्न, पढ्न भने आउँछ ।
युएस नेपाल अनलाइन: दोहोरी गीत मन पराउनुको कारण त होला नी?आना स्टार: कारण नै वताउने हो भने विद्यावारिधी गर्नु नै हो । र अर्को हाम्रो समाजमा नेपाली बोल्नेलाई बढि इज्जत गर्छ । र मलाई नेपाली भाषा, साहित्य असाध्यै मन पर्छ ।
युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी गीत गाउने प्रेरणा चाही कसबाट पाउनुभयो नी?
आना स्टार: प्रेरणा पाएर गीत गाएको होइन । विद्यावारिधीको लागि वाध्यता हो मेरो । त्यसैले म लोक दोहोरी गीत गाउन आवश्यक ठान्दछु ।



युएस नेपाल अनलाइन: उसो भए दोहोरी गीतबाट विद्यावारिधी गर्न लागेको हल्ला साँचो रहेछ होइन त?आना स्टार: हो । तर नेपाली लोक दोहोरी गीत होइन । दोहोरी अथवा संगीत मानवशास्त्र भित्र परेकोले विषय लोक दोहोरी हो ।
युएस नेपाल अनलाइन: विद्यावारिधी गर्नको लागि नेपाली लोक दोहोरी गीत वाहेक अन्य थुप्रै विषयहरु पनि थिए, यसलाई नै रोज्नु भएछ?
आना स्टार: मलाई नेपाली भाषा र संगीत सम्बन्धी विषयमा विद्यावारिधी गर्न मन छ । नेपाली लोक दोहोरीमा लय अनि लोक भाकाहरुमा नेपाली राष्ट्रियताको पहिचान झल्कने हुनाले र विभिन्न जाति, परम्परा साथै लैंगीक भिन्नता र आधुनिकताको कुराहरु धेरै आउँछ । यस्ता सामाजिक कुराहरुलाई संगीत भाषाबाट र दोहोरीको संसारलाई बुझ्न खोजी रहेको छु । त्यसैले मलाई यसैमा गर्व छ । म यसैमा रम्न चाहन्छु । र अहिले ज्यादै सजिलो पनि भएको महसुस गरेको छु ।
युएस नेपाल अनलाइन: तपाईंले नेपाली लोक दोहोरी गीतमा विद्यावारिधी गर्न लागेको हल्ला त पत्रपत्रिका मार्फत् धेरै पहिले देखि नै हो । अझै कति लाग्छ विद्यावारिधि गर्न?
आना स्टार: नेपालमा प्रकाशित पत्रिकाहरुको आफ्नो सिस्टम होलान् । कुनै पत्रिकाले बढाइ चढाई गरेर लेखे होलान् त्यो आफ्नो ठाउँमा छ । अमेरिकी पि.एच.डी. गर्न कम्तीमा ५ वर्ष लाग्छ । शुरुमा ३, ४ वर्ष क्लासमा बसेर सिक्नु पर्छ । त्यस पछि फाइनल इक्जाम दिएर रिसर्चको प्रपोजल बुझाएर स्वीकार भएपछि मात्र रिसर्चको लागि वाहिर जान पाउँछ । अहिले म रिसर्चको दौडानमा डेढ वर्ष भयो । अनि यहाबाट गएपछि थेसिस लेख्ने अर्को डेढ दुई वर्ष जति लाग्ला ।
युएस नेपाल अनलाइन: दोहोरी गीत गाउन शुरु गर्दा खेरीको र अहिलेको अनुभवमा के फरक पाउनु भयो, बताइदिनुहोस् न ।
आना स्टार: शुरु-शुरुमा त गीत गाउँदा दर्शक सामु डर र लाजले गर्दा अप्ठ्यारो र नर्भस हुन्थ्यो भने अहिले धेरै प्रगती गर्न सकेकोले सजिलो र रमाइलो महसुस भएको छ ।
युएस नेपाल अनलाइन: कुनै पनि कार्यक्रमको लागि गीत गाई दिए वापत कति पारिश्रमिक लिने गर्नु भएको छ नी?
आना स्टार: खासै यति नै भनेर मैले तोकेको छैन र मिल्दैन पनि किनभने म मेरो रिसर्चको लागि दोहोरी कार्यक्रममा सहभागी हुन्छु । अनि अहिले मलाई लोक दोहोरी प्रतिष्ठानले मेरो प्रतिभालाई कदर गरी आर्थिक रुपले सहयोग गर्ने आधार दिएको छ । तर पारिश्रमिक दिएको छैन । स्वइच्छाले दिए ठिकै छ ।
युएस नेपाल अनलाइन: स्टेज प्रोग्राममा मात्र होकी कुनै एल्बममा पनि स्वर दिनुभएको छ?
आना स्टार: मैले कोमल ओली दिदिको 'झ्वाक तन्नेरी' भन्ने एल्बमको 'बी' साइडमा 'शीर फूल कपालैमा'; भन्ने गीतको बोलमा आफ्नो स्वर दिएकी छु ।
युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी गीत गाउने कलाबाट आफू कत्तिको सन्तुष्टि हुनुहुन्छ?
आना स्टार: खास म गायिका बन्न खोजेकी भने होइन । नेपाली मेरो आफ्नो भाषा पनि होइन र नेपाली लोक भाकाहरु मेरो देशको लोक भाकाहरु जस्तो छैन । त्यही भएर मैले नेपाली कलाकारहरु जस्तो कलाको गहिराईमा डुब्न नसके पनि दर्शकहरुलाई एकैछिन भए पनि हसाउन र रमाइलो मनोरन्‍जन दिन सकेकोमा म औधी खुशी छु ।
युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी गीत गाउन तपाईको आफ्नो रहर होइन रहेछ भन्दा केहि फरक पर्छ?
आना स्टार: खासै त्यसो भन्न त मिल्दैन । पहिलो कुरो त मेरो बाध्यता नै हो । किनभने म यस विषयमा जसरी भए पनि विद्यावारिधी गर्नु छ । र यो मेरो रहर पनि हो भन्दा फरक चाहि पर्दैन।
युएस नेपाल अनलाइन: कुनै गीतमा भिजुअल पनि गर्नु भएको छ की?
आना स्टार: कोमल ओली दिदिको एल्बममा आफूले स्वर दिएको 'शीरफूल कपालैमा'; भन्ने गीतमा र गोविन्द कार्कीको 'अमेरिकामा'; भन्ने एल्बममा साथै अर्को एउटा लोक गीतमा पनि गरेकी छु ।
युएस नेपाल अनलाइन: आफ्नै लगानीमा आफैले रचना गरेर एल्बम निकाल्ने सोंच गर्नु भएन नी किन?आना स्टार: अहँ गरिन, आफ्नो अध्ययनमा नै व्यस्त छु । समय पनि छैन । मेरो विद्यावारिधीको रिसर्चगर्ने समय पनि मात्र ४ महिना बाँकी छ ।
युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी फाँटका तपाईले मनपर्ने चर्चित २ जना गायक, गायिका नाम लिनु पर्दा कस-कसको नाम लिनु हुन्छ?
आना स्टार: गायकमा राजु परियार र गायिकामा शर्मिला गुरुङको स्वर एकदमै मन पर्छ ।
युएस नेपाल अनलाइन: गीत गाउँदै हिड्ने क्रममा नेपालको थुप्रै ठाउँ घुम्नु भएको छ । कुन चाँहि ठाउँ राम्रो लाग्यो?
आना स्टार: छान्न सकिदैन, मलाई त नेपालको सबै ठाउँ राम्रो लाग्छ । एउटाको नाम लिनै पर्यो भने पोखरा मन पर्छ ।



युएस नेपाल अनलाइन: गीत गाउँदै हिड्ने क्रमको सुखद् एवं दुखद् अविष्मरणीय क्षण छ भने बताइदिनु हुन्छ की?
आना स्टार: एक चोटी के भयो भने मैले गीत गाउन पर्यो । र मलाई भित्र भित्रै निकै खुशी पनि लाग्यो । किनभने उपस्थित दर्शकहरुको सामु आफ्नो कला प्रतिभा देखाउने यस्तो मौकामा मैले देखाएर छोड्नु पर्छ भन्ने लागी रहेथ्यो । र स्टेजमा गएँ । तोरी हरियो भन्ने भाका २ वटा रहेछ मैले जानेको 'तोरी हरियो' भाका र वाद्यवादनले बजाउने 'तोरी हरियो' भाका फरक पर्यो । गाउने भाका र बजाउने भाकाको तालमेल नमिलेपछि गीत विग्रयो । अनि मलाई लाज लाग्यो र दुःखी भएर म रोएँ पनि । किनभने मैले आफूले जानेको भाकामा नेपालीहरुलाई आफ्नो कलाकारिता देखाउन पाएँ भन्ने भित्रै देखि लाग्दै थियो । अनि सबैले मलाई हाँसेर खिल्ली उडाएकोमा म दुःखी भएँ ।युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी गीतबाट विद्यावारिधी गर्न वाहेक अन्य रुचिहरु पनि होला नी?आना स्टार: विद्यावारिधीमा गीत गाउने मात्रै विषय होइन Speculation विश्वभरी चलेको छ । मेरो यहाँ नेपालमा गरेको रिसर्च Speculation बुझ्न खोज्ने मान्छेहरुले पनि यो प्राय प्रयोग गर्न सकोस भन्ने मेरो लक्ष्य छ । त्यसपछि मेरो प्रोफेसर हुने र विद्यवविद्यालयमा पढाउन सक्ने एउटा दक्ष लेक्चरर बन्ने छु । सम्भव भयो भने नेपालमा पनि पढाउने मन छ । र नेपालको विभिन्न लोक संस्कृतिको विद्यामा र अरु संस्कृतिको पनि रिसर्च गर्ने आशा छ ।
युएस नेपाल अनलाइन: प्रसंग बदलौ, तपाई विवाहित की अविवाहित?
आना स्टार: म अविवाहित हुँ । म केटा मान्छे भएको भए यो प्रश्न सोध्ने थिएन तर ठिकै छ । तपाईले सोधी हाल्नु भयो ।
युएस नेपाल अनलाइन: अविवाहित, त्यस माथि विदेशी कलाकारले परिचित, गीत गाउने क्रममा नेपालीहरुबाट विवाहको प्रस्ताव त थुप्रैबाट आयो होला नी?
आना स्टार: गीत गाउने क्रममा त्यस्तो प्रस्ताव आउनु कुनै नौलो र आपत्ती जनक होइन । आउँछन् एकै छिन् पछि हराउँछन् ।
युएस नेपाल अनलाइन: नेपाली लोक दोहोरी कलाकार मध्ये कुनै एक जनाले वास्तविक विवाहको प्रस्ताव राख्यो भने के गर्नु हुन्छ नी?
आना स्टार: त्यो त मान्छेमा भर पर्छ । र, सोच्नै पर्ने हुन्छ ।युएस नेपाल अनलाइन: तपाईलाई मन पर्ने खाना चाहि...?
आना स्टार: मलाई मन पर्ने खाना धेरै छन् । ती मध्ये दही असाध्यै मन पर्छ । र फलफूलमा भूइ कटहर औधी मन पर्छ ।
युएस नेपाल अनलाइन: जीवन अनि माया के हो जस्तो लाग्छ?आना स्टार: मलाई यसको जवाफ दिन अझै पाँच वर्ष लाग्छ ।युएस नेपाल अनलाइन: अन्तमा, 'आना स्टार' भनेर चिन्ने शुभचिन्तक नेपालीहरुलाई केहि भन्न चाहनु हुन्छ कि?आना स्टार: Follow your dreams and never give up यसको नेपाली अर्थमा भन्नुपर्दा आफ्नो सपना पुरा गर्न आस र संघर्ष गर्न कहिले पनि नछोडनु, यहि भन्न चाहन्छु । र अन्तमा, मिडिया मार्फत् मेरो मनका कुराहरु र विचार राख्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद ।

"साइकलमा गुडिरहँदा पनि त्यसैको शब्द र धुन गुनगुनाई रहन्थेँ । राष्ट्रगान जनयुद्ध र जनआन्दोलनको उपलब्धी हो । "

info
"मेरो जन्म २०२९ साल चैत्र २५ गते ओखलढुंगा जिल्ला थाक्ले गाविसको हिलेपानी गाउँमा भएको हो । मेरो बुबा मानबहादुर राई र आमा धनलक्ष्मी राई हुन्‌। म अत्यन्तै विकट ग्रामिण क्षेत्रमा जन्मेको हूँ । म एक सर्वसाधारण निम्न मध्यम वर्गको मान्छे हूँ । मेरो शिक्षा गाउँ कै श्रीमहादेवस्थान प्रा.वि., हिलेपानीमा, त्यसपछि हर्कपूर नि.मा.वि. हर्कपुरमा भयो । माध्यमिक तहको शिक्षा चाहिँ श्री भगवति मा.वि. मानेभन्ज्याङ, ओखलढुंगामा भएको हो र उच्च शिक्षा कानुनमा हो । कानुनमा आई.एल., वि.एल. दुईवटै नेपाल ल क्याम्पस काठमाडौमा पढेको हूँ । व्याकुल माइला मेरो साहित्यिक उपनाम हो ।मैले ०४६ सालमा एस.एल.सी. दिएर बसेको बेलामा जनआन्दोलनलाई नजिकबाट सहयोग गरेको थिएँ । आन्दोलनको एक किसिमको माहोल बन्दै थियो । यहाँ काठमाडौबाट लगिएको पर्चा पम्प्लेट गाउँमा पुगेपछि मैले पनि बाँडनको लागि केहि जिम्मा लिएँ । त्यो प्रशासनले थाहा पायो । त्यसपछि प्रहरी प्रशासनले मलाई समात्न आयो तर म भागेँ । त्यसपछि जव परिवर्तन सफल भयो । हामी चाहिँ एक किसिमले गाउँको युवा नेता जस्तो भयौं, हाम्रो मनोवल उच्च थियो । अनि हामीले त्यो संक्रमणकालीन अवस्थालाई गाउँका युवाहरु मिलेर व्यवस्थापन गर्नुपर्छ भनेर 'हिलेपानी युवा समूह' नामक संगठन बनायौं । त्यसको म अध्यक्ष भएँ । मुख्य रुपले हाम्रो त्यो समूहको काम चाहिँ बहुदलीय प्रजातन्त्रको बारेमा जनतालाई सचेत बनाउने, गाउँमा के कस्तो विकास निर्माणका कार्यहरु गर्नुपर्छ भन्ने सन्दर्भमा एउटा भिजन बनाउने काम गर्‍यौं । त्यसरी गर्दै गए पछि आफू एक किसिमले सामाजिक र राजनीतिक क्षेत्रमा जानी नजानी सार्वजनिक जीवनमा प्रवेश गरिएछ । त्यही ०४६ सालमा एस.ए.सी. पास गरेर उच्च शिक्षाको लागि काठमाडौ आएं । एस.एल.सी. पास गरेर आएको मान्छे यहाँ समायोजनको समस्या भयो । काठमाडौमा हामी जस्तॊ गाउँबाट आएको एउटा गाउँले त्यो पनि नव युवालाई वडो विरानो लाग्ने भिडहरुकोबीचमा पनि एक्लो भएको जस्तो अनुभव भयो । र त्यो हाम्रो शैक्षिक योग्यताले यहाँको कुनै पनि काम गर्न नभ्याउँने स्थिति थियो । यहाँ विकास यस्तो चाहिन्छ, उस्तो चाहिन्छ भन्ने हाम्रो पहँुच भन्दा बाहिरको कुरा थियो । यस्तो भएपछि युवा साथीहरुबीच गाउँमा गरिएको कामहरुको संझनाले म एक किसिमले व्याकुल भएँ । गाउँमा जस्तो सामाजिक गतिविधि समूहमा आवद्ध भएर केहि गर्ने काम काठमाडौमा नभए पछि एक्लै के गर्न सकिन्छ भन्ने भयो ।त्यसपछि साहित्य पनि त सार्वजनिक जीवनको पाटो हो भन्ने लागेर मैले ०४७ सालदेखि साहित्यमा हात हाल्न थालें । त्यहि बेला मैले आफ्नो उपनाम पनि 'व्याकुल माईला' राखें । माइला चाहिँ म माईलो छोरा भएकोले र गाउँका साथीहरुको सम्झनाले व्याकुल यी दुवै मिलाएर 'व्याकुल माइला' राखेको हूँ । र समाजलाई नयाँ नामबाट नयाँ पचियबाट केहि दिन सकियो भने समाजले चिन्छ, राष्ट्रले चिन्छ भन्ने लागेको थियो । त्यही क्रममा व्याकुल माइला मेरो साहित्यिक उपनामको रुपमा रहन गयो ।अहिले व्याकुल माइला एक्कासी व्यापक चर्चामा आएको सहि हो । यद्यपी म २०४७ सालदेखि नेपाली सहित्यमा व्याकुल माइलाको नामबाट आफनो बुताले भ्याएसम्म कलम चलाउँदै आएको छु । म गजल, गीत, मुक्तक संस्कृतिमूलक, विशेष गरी आदिवासी जनजातिहरुको संस्कार संस्कृतिको बारेमा लेखहरु लेख्दै आएको मान्छे हूँ । र, साहित्य निकै कठिन र निरन्तर साधना गरी राख्नुपर्ने विधा हो । म त्यहि साधनामा निरन्तर लागेको १५, १६ वर्ष भइसकेको अवस्था छ । साहित्यमा मलाई चर्चा परिचर्चा भन्दा पनि जुन विधामा कलम चलाएको छु त्यो विधामा राम्रो निपुणतापूर्वक कलम चलाउन सकियोस भन्ने कुरामा विश्वास गर्छु । त्यसैले यो भन्दा अगाडी चर्चा परिचर्चाको दायरा भन्दा बाहिर थिएँ । केही विधामा केही सुधार ल्याउन सकियोस्‌ र अरु आयाम थप्न सकियोस्‌ भन्ने सामान्य सर्जक हुँ । त्यसको उदाहरण के हो भने मैले २०५९ सालमा नेपाली गीती संग्रह भन्ने किताव सम्पादन गरेको थिएँ । २५९ पृष्ठको त्यसमा देवकोटा, सम जस्ता अग्रज अघिल्लो पुस्ताका स्रष्टाहरुदेखि लिएर अहिलेको नयाँ भर्खरै गीत लेख्ने श्रष्टासम्मको केही गीत समावेश गरिएको थियो ।त्यसैगरी, त्यो संग्रहमा नेपाली गीतको सैद्धान्तिक पक्षको बारेमा संरचनागत पक्षमा प्रकाश पारेर ती विधामा कलम चलाउने स्रष्टाहरुको विधागत दक्षतालाई वृद्धी गर्नको लागि सहयोग मिलोस्‌ भनेर गीतको सैद्धान्तिक पक्षलाई समेटेको तीनवटा लेखहरु समेत छापियो । निरन्तर लागियो भने त्यो विधाले कुनै न कुनै दिन चिनाउँछ । तत्काल कुनै चर्चा परिचर्चा नभए पनि त्यो आफ्नो क्षमता, प्रतिभा कुनै न कुनै दिन उजागर हुन्छ भन्ने कुरामा मलाई विश्वास लाग्छ । अहिले आएर राष्ट्रगानको सर्जक हुने सौभाग्य पाएँ । र केहि हदसम्म आफनो लक्ष्य पुरा भएको मलाई महशुस भएको छ । म एउटा सर्वसाधारण व्यक्ति हुँ र मेरो वास्तविक नाम प्रदिपकुमार राई हो ।"राष्ट्रगानका रचनाकार व्याकुल माइलासँग हाम्रा काठमाडौं स्थित सम्पादन सहकमीं खगेन्द्र माखिमले यो साता युएस नेपाल अनलाइनका लागि लिनु भएको बिशेष कुराकानी:युएस नेपाल अनलाइन: गीत र राष्ट्रगानमा के फरक छ?व्याकुल माइला: राष्ट्रगान पनि एउटा गीतै हो । गीतका पनि थुप्रै धार हुन्छन्‌ । माया-प्रेमका, कुनै ईस्वरी भक्तिभावको, कुनै सामाजिक चेतना फैलाउने किसिमको चेतनामूलक, कुनै राजनीतिक विचारधाराबाट जागृत भएका गीतहरु । त्यही क्रममा राष्ट्रगान पनि राष्ट्रियताको भावनाले भरिएको एउटा गीतै हो । मुख्यगरी राष्ट्रगान जनयुद्ध र जनआन्दोलनको उपलब्धी हो । त्यतिमात्र होइन शदियौंदेखि मुलुकमा पछाडी पारिएका आदिवासी जनजातिको आवाज हो यो । आदिवासी जनजाति आन्दोलनबाट आएको उपलब्धी पनि हो । के हो भने पहिलाका कुनै सामान्ती शासकहरुको गुणगान गाउने थियो भने उही संस्थालाई, उही व्यक्तिलाई नै राष्ट्रको प्रतिक मानिन्थ्यो । त्यो शक्ति भएन भने यो देशमा राष्ट्रता रहँदैन र राज्य रहँदैन भन्ने भ्रम थियो । अर्कोतिर एकल जाति, धर्म र संस्कृति नै यहाँको राष्ट्रियता हो भन्ने परिभाषा गरिएको थियो । यो देश विविध जाति, भाषा, धर्म, संस्कृतिले भरिएको मुलुक हो । यो कुराहरुको वोध नभएसम्म विविध जाति, भाषा, धर्म, संस्कृतिको सम्वोधन नभएसम्म वास्तविक राष्ट्रियता अथवा राष्ट्र निर्माण हुँदैन भन्ने कुराको चेतना जनआन्दोलनले अझ उजागर गर्‍यो ।युएस नेपाल अनलाइन: अहिलेसम्म तपाईंको रचना कति प्रकाशित छन्‌? कुन कुन सस्थासँग सम्बद्ध हुनुहुन्छ?व्याकुल माइला: मेरो फुटकर रचनाहरु लगभग सयको हाराहारीमा विशेष गरी विभिन्न पत्रपत्रिकामा छरिएर छापिएको हुन सक्छ ।युएस नेपाल अनलाइन: तपाईं कुन कुन सस्थासँग सम्बद्ध हुनुहुन्छ?व्याकुल माइला: म सम्बद्ध रहेको क्षेत्र भनेको मानव अधिकारको क्षेत्र हो । हामीले २०५६ सालमा मानव अधिकारवादी र कानुन व्यवसायी भन्ने संस्था स्थापना गरेका थियौं नेपाल ल क्याम्पसमा पढने यूवा साथीहरु मिलेर । जुनवेला देशमा मानव अधिकारको स्थिति दयनीय अवस्थामा थियो । अर्को, म आदिबासी आन्दोलनमा पनि संलग्न छु । नेपाल ल क्याम्पसमै पढदा हामीले आदिवासी विद्यार्थी समाज भन्ने संगठन खडा गरेका थियौं । त्यो यद्यपी छदैंछ । यसमा पनि म सम्बद्ध रहेँ । ओखलढुंगाको व्यक्ति भएकोले देशको प्रजातान्त्रिक आन्दोलनमा त्यो जिल्लाको ठूलो भूमिका छ । यसरी यो लोकतान्त्रिक मुभमेण्टमा सहभागी भएँ । कतिपयले स्वेच्छिक पक्राउ दिए मैले दिईन । पक्राउ पर्न लाग्दा पनि म भागेँ । किन भने आफै पक्राउ परेपछि कसरी आन्दोलन गर्ने ।युएस नेपाल अनलाइन: नयाँ राष्ट्रगानको रचनाकारको हैसियतले पुरानो राष्ट्रगानको बारेमा के भन्नु हुन्छ?व्याकुल माइला: हामी जहिले पनि अग्रज स्रष्टाहरुलाई सम्मान गर्छौ । पुरानो राष्ट्रगान हामीले पनि गायौं । त्यो बेलाको परिस्थिती अनुसार, त्यो बेलाको शासन कालमा मुलुकको शासनसत्ता त्यसरी संचालन भएकोले त्यो बेला सान्दर्भिक थियो होला । तर त्यहाँ कुनै व्यक्ति विशेषको मात्रै स्वस्तिक गाइएको छ । राष्ट्रियताको प्रतिक मानिएको छ । समग्र नेपाली जनता नै देशको शक्ति हुन्‌ भन्ने कुरा त्यहाँ छैन । यो देश विभिन्न प्राकृतिक श्रोतसाधनले भरिएको छ । प्राकृतिक सम्पदाहरु छन्‌ भन्ने कुरा पनि त्यहाँ छैन । त्यहाँ व्यक्तिको भजन छ, राष्ट्रको बारेमा त्यहाँ केही पनि छैन । त्यस कारणले त्यो बेला सान्दर्भिक भएपनि परिवर्तित यो समयमा सान्दर्भिक देखिएन ।युएस नेपाल अनलाइन: राष्ट्रगान तयार पार्ने क्रममा विदेशी राष्ट्रगानहरु अध्ययन गर्नु भयो होला के कस्ता रहेछन्‌?व्याकुल माइला: राष्ट्रगान तयार पार्ने सन्दर्भमा मैले राष्ट्रगानसँग सम्बन्धित विभिन्न लेखहरु पढें । विश्वको राष्ट्रगानहरु खास गरी सत्ताकै गुणगान गाएकोहरु भेटिन्छ । क्रान्तिबाट राजनीतिक परिवर्तन भएका मुलुकहरुमा निकै क्रान्तिकारी राष्ट्रगानहरु छन्‌। प्रगतिको गुणगान गाइएका छन्‌। कुनै देशका राष्ट्रगानहरु वास्तवमा कतै न कतै बायस भएको पाइन्छ । त्यही कुराहरुबाट बच्न सकियोस्‌ भन्ने सचेतता हाम्रो राष्ट्रगानमा अपनाइएको छ । यहाँको सबै जनता प्राकृतिक श्रोतसाधन, हाम्रो इतिहास, यहाँको राजनीतिक परिवर्तन लगायत सबै कुरालाई स्थान दिने प्रयास गरिएको छ ।युएस नेपाल अनलाइन: यो नयाँ राष्ट्रगान कसरी लेखियो?व्याकुल माइला: जनआन्दोलनको सफलतापछि धेरै कुराहरु परिवर्तन गर्ने जनताको भावना अनुसार जनआन्दोलनको उपलब्धी स्वरुप सरकारले त्यही बेलामा राष्ट्रगान परिवर्तन गर्ने निर्णय गर्‍यो र कार्यदल पनि बन्यो । कार्यदलले राष्ट्रगानको अन्तरवस्तु तोकेर, मापदण्ड तोकेर आव्हान गरेपछि आफू साहित्यकार भएको कारणले यस क्षेत्रमा मेरो चासो बढयो । तै पनि सुनी राखेको लोकपि्रयता पाएको गीतलाई नै राष्ट्रगान बनाउने भन्ने कुराहरु उठेकाले शुरुमा मैले गीत पेश गरिन । मलाई तोलाको बोली खोलामा किन खेर फाल्ने जस्तो लाग्यो र पेशिन तर कार्यदलले विभिन्न ठाउँमा अन्तरकि्रया कार्यक्रम गरेर व्यक्ति हेरिन्न, सिर्जना हेरिन्छ, पुस्ता हेरिन्न, सिर्जना हेरिन्छ र प्रर्तिस्पर्धात्मक हुन्छ भन्ने प्रकृयाहरु भईसकेपछि र विश्वास भएपछि मैले राष्ट्रगान लेख्न थालेँ ।त्यसमा मैले जाने बुझे अनुसार राष्ट्र निर्माणलाई विषयवस्तु बनाएँ । राज्यप्रति सबै जाति, बर्ग, क्षेत्रका जनताले आफनो महशुस गर्न सकुन्‌, अपनत्वको भावना होस्‌, सबैको आत्मसम्मान होस्‌ यहि कुरालाई समेटनु पर्छ । त्यहाँको प्राकृतिक श्रोतको बारेमा, सांस्कृतिक श्रोतसाधनको बारेमा सबै कुराहरु समेटनु पर्छ । अग्रगामी राज्यको परिवर्तनको कुरालाई सम्झनु पर्छ, यो देशको राष्ट्र एकता अखण्डता सबैलाई समेटनु पर्छ । यी कुराहरु मैले मनन गरेको थिएँ । तिनै कुराहरुलाई मैले अलिक सरल किसिमले अभिव्यक्त गर्ने प्रयास गरेँ ।राष्ट्रगान लेख्ने मेरो त्यो अवस्थामा मैले विहान उठ्‍दापनि राष्ट्रगानलाई कसरी नयाँ शैली र नयाँ किसमिले लेख्न सकिएला भन्ने सम्झन्थेँ । त्यस्तै ल फर्म जाँदा म साइकलमा जान्थेँ । साइकलमा गुडिरहँदा पनि त्यसैको शब्द र धुन गुनगुनाई रहन्थेँ । त्यसरी मैले राष्ट्रगान तयार गरें । यो तयार गर्न २०, २५ दिन लाग्यो ।यसको पछाडी के छ भने राष्द्रगान मैले कुनबेलादेखि सोचेँ भन्ने बारेमा भन्नु प्रसाङंगिक लाग्यो । ०५६ सालमा मानव अधिकार आन्दोलनमा थियौं । त्यतिबेला जनयुद्ध गर्ने माओवादीहरुलाई राज्यले आतंकवादी घोषणा गरेर ज्यादतिपूर्वक दमन गरेको बेलामा त्यसरी नगर, जेनेभा महासन्धी अनुमोदन गरेर त्यही अनुसार काम गरौं भनेर आवाज उठाएका थियौं । माओवादीका राजनीतिक कुराहरु राम्रा छन्‌, हत्या, िहंसाका गतिविधि जुन छन्‌ त्यो मात्र गलत हो । शान्तिपूर्वक आन्दोलन गर्‍यो भने राम्रो हुन्छ भन्ने हामीलाई लाग्थ्यो ।त्यो बेलामा राष्ट्रगान श्रीमान्‌ गम्भिर गाउँगाउँमा गाउन दिइएन भन्ने न्यूज पढें । त्यसपछि किन गाउन दिइएन भनेर त्यो पहिलो पटक श्रीमान्‌ गम्भिरको अर्थ केलाएर हेरेँ । त्यहाँ राजाको गुणगान बाहेक केही रहेनछ भनेपछि हुँदैन यो ठिक रहेन छ भन्ने मलाई लाग्यो । जिन्दगीमा राष्ट्रगान फेर्नुपर्छ भनेर कुनै दिन आउँछ भन्ने त मलाई लागेको थिएन । यद्यपी राष्ट्रगान अलिक नयाँ किसिमको भए हुन्थ्यो भन्ने मलाई ०५६ सालदेखि लागेको थियो ।

Thursday, February 19, 2009

डेढ वर्ष भो बोलचाल छैन

हास्य टेलिशृंखला मेरी बास्सैका निर्देशक हुन् केदार घिमिरे (माग्ने बूढा) र सीताराम कट्टेल (धुर्मस) एउटै सिरियलमा हप्तैपिच्छे कलाकार बनेर देखिन्छन् पनि । तर, विगत डेढ वर्षदेखि बोलचाल छैन यिनीहरूको । सोही समूहमा कार्यरत एकजना प्राविधिक भन्छन्, 'यो जोडी फुटेको खबर आयो भने आश्चर्य नमाने हुन्छ ।' ती प्राविधिकका अनुसार सीताराम र केदारको सम्बन्ध त राम्रो छैन नै मौका पर्‍यो भने एकअर्काको कुरा काट्न पछि हट्दैनन् ।' एउटै सिरियलमा देखिए पनि डेढ वर्षदेखि धुर्मुस र माग्ने बूढा एउटै फ्रेममा देखिएका छैनन् । झगडा पर्नुअघि दुवैजना मिलेर मेरी बास्सैको स्त्रिप्ट लेख्ने र निर्देशन गर्ने गर्थे । अहिले उनीहरूबीच कुनै सल्लाह हुँदैन । केदार आफ्नो रोल आफैं लेख्छन्, भने सीताराम पनि आफ्नो भूमिका आफैं तयार गर्छन् । त्यति मात्रै होइन सुटिङ पनि छुट्टाछुट्टै हुन्छ यिनीहरूको । एउटाले कस्तो बनायो टेलिभिजनमा नहेरेसम्म अर्कोलाई थाह हुँदैन ।हेटौंडा ठिंगनाका केदार र झापा गौरादहका सीतारामले ०६० सालमा जोडी बाँधेर संयुक्त रूपमा हास्य अभिनय अघि बढाएका थिए । सुरुमा सीताराम सडकनाटकमा अभिनय गर्थे । त्यसवेला केदार एउटा एफएममा रिपोर्टिङ गर्थे । सीतारामले कीर्तिपुरमा सडकनाटक खेलिरहेको वेलामा केदार झलकमान गन्धर्वको अन्तर्वार्ता लिन त्यहाँ पुगेका थिए । त्यही वेलामा केदारले सीतारामलाई देखेका हुन् । हास्य अभिनयमै करिअर बनाउने धूनमा संघर्ष गरिरहेका सीतारामले त्यतिवेला नेपाल टेलिभिजनबाट प्रसार भइरहेको गिताञ्जली कार्यक्रममा काम पाइन्छ कि भनेर जितु नेपाललाई फोन गरेछन् । जितुले स्त्रिmप्ट लेख्न सक्छौ भने भेट्नु भनेछन् । सीतारामले जितुलाई स्त्रिप्ट देखाउन जाँदा केदार पहिल्यै पुगिसकेका रहेछन् । उनीहरूको पहिलो चिनजान त्यहीँ भएको थियो । सन्तोष पन्तको हिजो आजका कुरामा खेल्नका लागि धाइरहेका सीतारामलाई पनि एक्लैले गरेर केही हुँदैन भन्ने परेछ । र, पछि केदार र सीतारामले जोडी बाँधेर असक्षम तन्त्र, खायोज सुपर च्यालेन्ज, श्रीपेचको पेचलगायतका प्रहसन तथा गाईजात्रे एल्बमहरू बजारमा ल्याए । जिरे खुर्सानीमा अभिनय गर्दागर्दै उनीहरू मेरी बास्सैमा लागे । पहिला दमन रूपाखेतीको निर्देशनमा निर्माण भएको मेरी बास्सैमा अन्ततः दमन निस्किन पुगे । र, सीताराम र केदारको संयुक्त रूपमा लेखन-निर्देशन सुरु भयो ।यो दुवै कलाकार आफूहरूबीच बोलचाल बन्द भएको स्विकार्दैनन् । दुवैको भनाइ एउटै छ, 'कार्य व्यस्तता र शृंखलालाई रुचिपूर्ण बनाउन हामीले छुट्टाछुट्टै लेख्ने र सुटिङ गर्ने गरेका हौं ।'मेरी बास्सैमा जस्तै उनीहरूले पछिल्लो समय 'विज्ञापन' मा पनि छुट्टाछुट्टै अभिनय गर्न थालेका छन् । आफूहरूबीच बोलचाल नभए पनि केही कार्यक्रममा यी कलाकार सँगै देखिन्छन्, तर बोलचाल गर्दैनन् । केही महिनाअघि कुन्जना घिमिरेसँग बिहे गरेका सीतारामको बिहेमा केदार पनि जन्ती गएका थिए, तर बोलेनन् ।

Wednesday, February 18, 2009

जुर्‍यो जोडी धुर्मुस र सुन्तुको

नपाल टेलिभिजनको लोकप्रिय हास्य शृंखला मेरीबास्सैका धुर्मुस सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे अब मेरीबास्सै मात्र होइन वास्तविक जीवनमा पनि पतिपत्नी हुने भएका छन् ।एक-अर्कासँग भेट भएदेखि नै दोस्ती शुरु गरेका यी जोडी यही मंसिरको १४ गतेबाट विधिवत् रुपमा सधैंका लागि एक-अर्काका हुँदै छन् । खास गरी मेरीबास्सैमा शुरुमा ग्रामीण क्षेत्रका प्रेमी-प्रेमिका र पछि श्रीमान् श्रीमती हुन पुगेको यो जोडी लामो समयको प्रेमसम्बन्धपछि आ-आपनो घरपरिवारको मञ्जुरी र सहमति लिएर विवाहबन्धनमा बाँधिन लागेका हुन् ।सोलुमा जन्मिएर झापा गौरादहमा हर्ुर्किएका सीताराम र ललितपुरको चापागाउँकी कुञ्जनाले एक-अर्काबिना बाँच्नै नसक्ने र अपूरक हुने महसुस भएपछि बिहे गर्ने निर्णयगरेका हुन् ।उनीहरुबीच कहिलेदेखि मायाप्रीति बस्यो दुबैलाई यकिन छैन । तर आफू कलाकार भइनसक्दै कुञ्जनाप्रति आकषिर्त भएको सीतारामलाई याद छ । त्यसताका सीताराम दमन रुपाखेतीको एउटा कार्यक्रमका लागि निर्माण व्यवस्थापकको काम सम्हाल्ने गर्थे, कुञ्जना भने त्यसका कलाकारका रुपमा काम गर्न आएकी थिइन् । त्यसै बेला सीतारामले पहिलो पटक कुञ्जनालाई सुटिङको गाडीमा मेकअप गर्दै गरेको देखेका थिए । ँलेखान्त नै भन्नर्ुपर्छ, म केटी मान्छेसँग बोल्न भनेपछि सारै धक मान्थें । तर कुञ्जनालाई देख्नासाथ म किन-किन प्रभावित भएँ । उनीसँग बोलिरहुँ बसिरहुँजस्तो लाग्यो । र निकै बेर गफ गरेर बसिरहें, यो सब दैवले नै लेखेका रहेछन् क्यारे, आज उनैसँग जीवन बिताउने भएको छु’ -सीताराम भन्छन् ।कार्यक्रमहरुमा जाँदा उनीहरुलाई एउटै शयनकक्षको व्यवस्था गरिदिनेलगायतका जोडीका रुपमा व्यवहार गर्न थालेपछि यस जोडीको मायाप्रीतिले झनै झांगिने अवसर पायो । उता अब छोरीको जीवन सीतारामसँगै बित्छ भन्ने बुझिसकेका कुञ्जनाका बाबुले कुञ्जनालाई माग्न आउनेहरुलाई उसको बिहे अहिले नगर्ने भनेर फर्काइदिन थाले ।त्यसको केहीपछि राजधानीमा सम्पन्न गाईजात्रा कार्यक्रममा सीताराम र कुञ्जनालाई सहभागी हुने अवसर जुट्यो । सात दिनसम्म चलेको कार्यक्रमको अन्तिम दिन सीतारामले कुञ्जनालाई मन पराउने कुरा भन्ने प्रयास गरे । तर भीडभाडमा त्यस्तो अवसर नै नपाएपछि उनले फोन गरेर मनको कुरा खोले । कुञ्जनाले क्यारिअर बनाउनेतिर नलागेर अहिले यस्तो कुरा सोच्न नहुने बताएपछि सीताराम हेरेको हेर्‍यै भए ।संयोग नै भन्नर्ुपर्छ पछि मेरीबास्सैमा सीताराम र कुञ्जना जोडीका रुपमा जुरे । सुटिङमा त सधैं भेटघाट भइरहन्थ्यो नै, जसले उनीहरुलाई एक-अर्कामा नजिकिने अवसर दिलायो । यसबाहेक देश-विदेशमा हुने कार्यक्रममा पनि उनीहरुसँगै पर्न थाले । मायाप्रीतिको मुना विकसित हुने यो राम्रो अवसर थियो । खास गरी देशभित्र र बाहिरका कार्यक्रममा जाँदा व्यवस्थापकहरुले उनीहरुलाई युगल जोडी सम्झी एउटै शयनकक्षको व्यवस्था गरिदिनेलगायतका जोडीका रुपमा व्यवहार गर्न थालेपछि यस जोडीबीचको अज्ञात मायाप्रीतिले झनै झांगिने अवसर पायो । त्यसमा पनि सामान्य बिरामी हुँदाखेरिसम्म कुञ्जनाले पारिवारिक सदस्यसरह मनले हेरचाह गर्न थालेपछि सीताराममा कुञ्जनाप्रतिको आशक्ति बढ्न पुग्यो । यी सब हुन थालेपछि सीतारामले पहिलो प्रस्ताव राखेको एक वर्षछि फेरि आप\mनो प्रस्ताव फरक शैलीमा दोहोर्‍याउँदै भने ँहेर हाम्रो इलु-इलु छ भनेर सारातिर हल्ला छ, हामीले एक-अर्कालाई पनि बुझिसक्यौं, के गर्ने हो -’ कुञ्जना बोलिनन्, तर उनको बडी ल्यांवेजले सीतारामलाई ग्रिन सिग्नल दिइसकेको थियो । यसरी डेटिङमा नगई र आइ लभ यु पनि नभनी सीताराम र कुञ्जनाले एक अर्कालाई जीवनसाथीका रुपमा स्वीकार्न थाले । उता घरपरिवारमा पनि यो जोडीलाई मौनरुपमै भए पनि स्वीकार्न थालिसकिएको थियो । अब छोरीको जीवन सीतारामसँगै बित्छ भन्ने बुझिसकेका कुञ्जनाका बाबुले कुञ्जनालाई केटाहरुले माग्न आउँदा उसको बिहे अहिले नगर्ने भनेर फर्काइदिन थालेका थिए भने सीतारामको घरमा पनि कुञ्जनालाई बुहारीको रुपमा सोच्न थालिइसकेको थियो । कुञ्जना सीतारामको बहिनीको बिहे र झापातिर हुने कार्यक्रममा त्यहाँ पुग्दा सीतारामको घरतिर जान थालिसकेकी थिइन् भने कुञ्जनाको परिवारले खाना खान बोलाउँदा सीताराम आमासहित उनको घरमा पुग्दा गाउँलेहरु सीताराम कुञ्जनालाई माग्न गएको अनुमान गर्न थालिसकेका थिए । यसका बाबजुद सीताराम र कुञ्जनाले यसपालि नै बिहे गर्नेबारेमा सोचेका थिएनन्, तर ज्योतिषले यसपालि बिहे नगरेर केही वर्षछि बिहे गरे उनीहरुको दाम्पत्य जीवनमै संकट आउने सुनाएपछि झटपट यो जोडी बिहेको निर्णया पुगेको हो ।बिहेका लागि सीताराम र कुञ्जनाले आवश्यक गरगहना, लुगाफाटोलगायतका सामग्रीको किनमेल तथा अन्य तयारी गरिसकेका छन् । बिहे एक दिनको भए पनि तीन साता पूरै बिहेमा बिताउन सीतारामले मेरीबास्सैको तीन भाग खिचिसकेका छन् भने बिहेपछिको बसाइका लागि बानेश्वरमा सानदार प\mल्याट पनि लिइसकेका छन् । ँबिहे गर्न र जोडी जुराउन माथिबाटै लेखिदिएको हुँदोरहेछ’ सीताराम र कुञ्जनाले कामनासँग मुस्कुराउँदै एक साथ भने ।
जोईपोइको नजरमनपर्ने कुरा ?
-सीतारामः उनको खुबी । शारीरिक रुपमा पनि उनी राम्री त छँदै छिन् त्योभन्दा पनि बढी भावनात्मक रुपमा राम्री छिन् । अरुसँग कुरा गर्दा उनको खुबीबाट प्रभावित नहुने मान्छे मैले भेटेको छैन ।
कुञ्जनाः रिसाउनुहुन्न, मलाई विश्वास गर्नुहुन्छ, त्यही कुरा नै मन पर्छ ।
मननपर्ने कुरा ?
-सीतारामः उनी चाँडै रिसाउने स्वभावकी छिन् र सामान्य कुरामा पनि अत्तालिन्छिन् । केही टेन्सन, आपत आइलाग्यो भने अत्तालिन्छिन् र कुरै नबुझी रिसाउँछिन् ।
कुञ्जनाः अलि एकोहोरो र जिद्दी हुनुहुन्छ । यो कुरा ठीक होइन भन्दा पनि त्यसलाई घुमाएर सही साबित गर्ने जिद्दी बानी मलाई मन पर्दैन ।
मनपर्ने अंग ?
-सीतारामः उनको ओठ । उनको ओठ देख्दै राम्रो छ, मिलेकोजस्तो छ । उनको शरीरको अंगमध्ये ओठ सबैभन्दा आकर्ष लाग्छ ।
कुञ्जनाः आँखा । उहाँले मलाई व्यक्त गर्ने माया उहाँको आँखामा देखिन्छ । उहाँप्रति विश्वास व्यक्त गराउने अंग भनेकै आँखा हो ।
मन पर्ने पहिरन ?
-सीतारामः सारी लगाएको मन पर्छ, हाइटले दिँदैन तर पनि सुहाउँछ । एक-दुइ ठाउँमा सारी लगाउँदा मन पर्‍यो । मेरो बहिनीको बिहेमा उनले सारी लगाउँदा झापामा सबैले तारिफ गरे ।
कुञ्जनाः जिन्स पाइन्ट र टिर्सट । उहाँलाई बर्थडेमा पनि टिर्सट नै गिप\mट दिएको छु ।
मन नपर्ने पहिरन ?
सीतारामः उनलाई नसुहाउने पहिरन नै छैन ।
कुञ्जनाः उहाँले मोटो ज्याकेट लगाएको मन पर्दैन । फिटिङ कपडा जे लगाए पनि मन पर्छ ।
िरयल लाइफको कुञ्जना वा सीताराम ठीक कि मेरीबास्सैकी सुन्तली वा धर्ुर्मुस ठीक ?
सीतारामः रियल लाइफकै कुञ्जना ठीक । रिल लाइफको जस्तो आइमाई भयो भने घरव्यवहार चलाउन सकिन्न, लथालिंग हुन्छ ।
कुञ्जनाः रियल लाइफको सीताराम मन पर्छ । मेरीबास्सैको जस्तो गोल्ड्यांग्रे पोइ त कसलाई मन पर्छ र - हा... हा... हा...